इन्टरनेट जाएन्ट गुगलका वैज्ञानिकहरुले यस्तो सफ्टवेयरको निर्माण गरेका छन् जसले कुनैपनि तस्वीरमा रहेका विषयवस्तुहरुको मानिसले लेखेजस्तै गरी वर्णन गर्नसक्छ ।यो नयाँ कृत्रिम खुफिया सफ्टवेयरले गुगलमा तस्वीरको खोजीलाई समेत सहज बनाउनुका साथै दृष्टिवीहिन मानिसहरुलाई समेत कुनैपनि तस्वीर तथा चित्रलाई राम्रोसँग
बुझ्न सहयोग गर्ने गुगलले जनाएको छ ।
यसैबीच अमेरिकाको स्टान्फोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले पनि यस क्षेत्रमा अहम सफलता प्राप्त भएको बताएका छन् ।
गुगलले विकाश गरेको मेसिन-लर्निङ सफ्टवेयरमा दुइ प्रकारका ‘न्युरल नेटवर्क’को प्रयोग गरिएको हुन्छ । जसमध्ये एउटाले तस्वीरको पहिचान तथा अर्कोले प्राकृतिक भाषा प्रशोधनको काम गर्नेछ ।
न्युरल नेटवर्किङ एक प्रकारको कम्प्युटरकृत मोडेल हो जसमा मस्तिष्कमै जस्तो स्नायुजन्य संरचनाको छाया स्वरुप हुन्छ । यो प्रणालीमा श्रृंखलाबद्ध परस्पर जोडिएका न्युरोन संरचना हुन्छन् जसले विभिन्न तस्वीरजन्य श्रोतबाट सूचना ग्रहण गर्ने मात्र होइन त्यस्ता सूचनालाई मनन समेत गर्न सक्छन् ।
यो अद्धितीय सफ्टवेयरको विकाश गर्ने गुगलका ४ जना वैज्ञानिक ओरिओल भिन्याल्स, अलेक्जेन्डर तोशेभ, सामी बेंगिओ र दुमित्रु इर्हानले गुगलको रिसर्च ब्लगमा लेखेका छन्, ‘एउटा तस्वीरको मूल्य हजारौँ शव्दजत्तिकै हुन्छ । तर कहिलेकाहीँ शव्दहरु बढि महत्वपूर्ण हुन्छन् । त्यसैले हामीले तस्वीरलाई स्वचालित तथा बढि शुद्धतापूर्वक शव्दमा रुपान्तरण गर्ने मार्ग पत्ता लगाएका छौँ ।’
स्मरण रहोस् २ वर्षअघि पनि गुगलले तस्वीर पहिचान गर्ने सफ्टवेयरको विकाश गरेका थिए ।

Post a Comment