काठमाडौ, मंसिर ४ - यसवर्षको एसएलसी परीक्षा चैत्र ५ गते हुने भएको छ । आज बिहीबार बिहान बसेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।यसवर्षको परीक्षा ५ गते बाट सुरु भई चैत्र १६ गतेसम्म चल्नेछ । यसवर्ष प्रयोगात्मक शिक्षाको समेत परीक्षा दिनुपर्नेछ । यसअघि सैंद्धान्तिक विषयको मात्रै परीक्षा हुँदै आएको थियो । १३ गतेसम्म सैद्धान्तिक बिषयको परीक्षा हुनेछ ।
प्रयोगात्मक विषयको पनि परीक्षा हुने भएकोले यो पटकको एसएलसी १६ गतेसम्म संचालन हुने परीक्षा नियन्त्रक विष्णु द्वारेले जानकारी दिए । माध्यमिक तहमा ३ वटा विषयमा प्रयोगात्मक अध्ययन हुन्छ ।
गत वर्ष चैत्र ६ गतेदेखि १२ गते सम्म एसएलसी परीक्षा भएको थियो
परीक्षा तालिका
चैत ५ अनिवार्य अंग्रेजी चैत ६ अनिवार्य नेपाली
चैत ८ मा गणित चैत ९ मा विज्ञान
चैत १० सामाजिक चैत ११ स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा
चैत १२ ऐच्छिक प्रथम चैत १३ ऐच्छिक दोस्रो

TEST COMMENT :noprob:
ReplyDelete:smile:
:shy:
test reply :noprob:
ReplyDelete:smile:
:shy: