जाजरकोट, मंसिर ४ – जाजरकोट सदरमुकामबाट सुर्खेतको राकमका लागि गइरहेको यात्रुबाहक बस बिहिबार बिहान जाजरकोटको भुर गाविस– ७, भुत चौरमा दुर्घटनाग्रस्त हुँदा ५ जनाको ज्यान गएको छ । डिएस्पी दिनेश राज मैनालीले बताए अनुसार करिब ३७ जना यात्रु बोकेर गन्तव्यतर्फ गइरहेको ना ३ ख १४०८ नम्वरको यात्रुवहाक बस सडकबाट ४० मिटर तल भेरी नदीमा खस्दा ५ जनाको ज्यान गएको हो । दुर्घटनामा परेर १० जना घाइते भएका छन् ।
मृतक सबैलाई पानीले बगाएको अवस्थामा फेला पारेको हो । दुर्घटनाग्रस्त बस भेरी नदीमा पुरै डुबेको हुँदा उद्दारमा कठिनाई भइरहेको बताइएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार घाईतेहरुमा जाजरकोट डाँडागाउका ७ का लक्ष्मी वुढा,तिलक पुन, गोपाल रोकाय, दाग पन्चकुलेका भीम वहादुर चन्द, वाँके टिटरीयका पदमराज पुरी, भुर ८ जाजरकोटका दिपक शाही, वाँकेकै विमला रोकाय ,सुर्खेत जहरेका मोतिलाल डागी, जाजरकोट खलंगा ३ का उमीला ओली, जिल्ला प्रहरी कार्यालय जाजरकोटका कार्यालय सहयोगी देववहादुर थापा रहेका छन् ।
मृतकको परिचय खुल्न बाँकी रहेको बताइएको छ । घाइतेको नेपालगञ्ज अस्पतालमा उपचारका लागि लगिएको छ ।
जाजरकोट सदरमुकामवाट ३७ जना यात्रु लिएर गएको बसमा बीचमा धेरै यात्रु थपिएको अनुमान प्रहरीले गरेको छ ।
मध्येपश्चिम वस व्यवसायीक समितिको वस दुर्घटनामा परेको हो । बस पानीमा डुवेका कारण कुनै पनि लास निकाल्न नसकिएको वताएको छ ।

Post a Comment